अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेश सरकारबाट माओवादीले समर्थन पनि फिर्ता लियो

मधेश सरकारबाट माओवादीले समर्थन पनि फिर्ता लियो


वीरगन्ज-नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। माओवादी केन्द्रका मन्त्रीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा बुझाएलगत्तै माओवादी केन्द्रले समर्थन फिर्ता लिएको हो।

माओवादी संसदीय दलका नेता समेत रहेका वन तथा वातावरण मन्त्री तोकिएका भरत प्रसाद साह र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराईले मुख्यमन्त्री सरोज कुमार यादवलाई राजीनामा बुझाउनु भएको थियो।

माओवादी दलका नेता साहले आजकै मितिबाट सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउनु भयो। योसँगै जसपा नेपालका मुख्यमन्त्री सरोज कुमार यादव अल्पमतमा परेका छन्।