जनकपुर-मधेस प्रदेश सरकारबाट नेकपा एमाले पनि बाहिरिएको छ। आइतबार नेकपा एमालेका ६ मन्त्रीहरूले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन्।
एमालेका भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादव, गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह, शिक्षा तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाल, स्वास्थ्य राज्यमन्त्री केशव राय र गृह राज्यमन्त्री शारदा थापाले राजीनामा दिनुभएको हो।
एमाले दलका दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री यादवसहितका मन्त्रीहरू मधेश भवन पुगेर मुख्यमन्त्री सरोज कुमार यादवलाई राजीनामा बुझाएका छन् ।
यस्तै सरकारलाई दिएको समर्थन पनि आजकै मितिबाट फिर्ता लिएको छ।






प्रतिक्रिया