अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेशमा एमालेको नेतृत्वमा नयाँ सरकारका लागि भोलि दाबी पेश गर्दै

मधेशमा एमालेको नेतृत्वमा नयाँ सरकारका लागि भोलि दाबी पेश गर्दै


जनकपुरधाम-मधेश प्रदेशमा नेकपा एमालेको नेतृत्वमा नयाँ सरकार गठनका लागि भोलि प्रदेश प्रमुखसमक्ष चार दलले दाबी पेश गर्ने भएका छन्।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र आज मात्रै सरकारबाट समर्थन फिर्ता लिएसँगै मधेस प्रदेशको सरकार अल्पमतमा परेको हो। समर्थन फिर्ता लिएलगत्तै दुबै दलले जनमत पार्टी र लोसपासँग छलफल गरेको थियो।

छलफलमा एमाले संसदीय दलका नेता सरोज कुमार यादव नेतृत्वमा नयाँ सरकार बनाउने टुङ्गो लागेको छ। नयाँ सरकार गठनका लागि भोली प्रदेश प्रमुख सुमित्रा भण्डारी समक्ष दावी पेश गरिने एमाले केन्द्रीय सदस्य सञ्जिव झाले जानकारी दिनुभयो।

मधेश प्रदेशमा १०७ सांसद छन्। सरकार बनाउन मात्र ५४ साँसद आवश्यक पर्छ। तर सरकारको दाबी गर्न लागेका चार दलसँग ५५ साँसद छन्।

अहिले जसपा नेपालका सरोज कुमार यादव मुख्यमन्त्री हुनुहुन्छ। सत्ता गठबन्धनका एमाले र माओवादी सरकार छाडे पनि नेकपा एसले समर्थन कायमै राखेको छ।