अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुरको लिम्चुङ्गबुङ्गमा माओवादी र काँग्रेसबाट ठूलो संख्यामा एमाले प्रवेश

उदयपुरको लिम्चुङ्गबुङ्गमा माओवादी र काँग्रेसबाट ठूलो संख्यामा एमाले प्रवेश



उदयपुर- जनसंख्या र भौगोलिक हिसावले सबैभन्दा सानो ठाउँ लिम्चुङ्गबुङ्गमा सत्तारुढ दल नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसमा पहिरो गएको छ ।
लामो समयदेखि सरकारमा रहँदा पनि जनताको जनजीविकाको सवालमा प्रभावकारी भुमिका निर्वाह गर्न नसकेको भन्दै दुई पार्टीका ४१ जना नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
यसरी प्रवेश गर्नेहरुमा पालिकाका प्रभावसाली नेतादेखि विभिन्न मोर्चा तथा जनवर्गिय संगठनको जिम्वेवारी सम्हालि सकेका व्यक्तहरु रहेका छन् । स्थानीय एमाले नेता तथा जिल्ला कमिटी सदस्य राजकुमार राई (कोयु)का अनुसार माओवादीबाट शेर्पा राष्ट्रिय मुक्ती मोर्चाका गन्जु शेर्पाको नेतृत्वमा २७ जना रहेका छन् ।
त्यसैगरी काँग्रेसका काजी मगर र फुरे शेर्पाको नेतृत्वमा १४ प्रवेश गरेका छन् । उहाँहरुलाई पोलिटव्युरो सदस्य मन्जुकुमारी चौधरी, केन्द्रिय सदस्य तथा पालिका इन्र्चाज अम्बिका थापा, प्रदेश कमिटी सदस्य तथा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य अम्बरबहादुर रायमाझी, देवराज राई, बेनीबहादुर रम्तेल, जिल्ला अध्यक्ष भागवत राउत, पुर्वअध्यक्ष परमेश्वर घिमिरे, उपसचिब हेम खड्का लगायतका नेताहरुले अविर लगाएर स्वागत गर्नुभयो ।
नवप्रवेशीलाई स्वागत गर्दै नेताहरुले योग्यता, क्षमताका आधारमा सबैलाई उपयुक्त जिम्वेवारी दिएर पार्टी निर्माणमा लगाईने बताए । उनीहरुले एमालेले लिएको “सुखी नेपाली, समृद्ध नेपाल”को महत्वपूर्ण आकांक्षालाई पुरा गर्न यतिबेला एमालेलाई मजवुद बनाई आगामी निर्वाचनमा दुई तिहाई वहुमतको सरकार बनाउन दिनु पर्ने धारणा व्यक्त गरे ।
नेताहरुले मुलुकको विकास र समृद्धिलाई अघि बढाउन एमालेसँग मात्र स्पष्ट रोडम्याप रहेको बताए । एमाले अध्यक्ष भागवत राउतले सत्तामा हुँदा र नहुँदा पनि एमालेले जनताका जनजीविका र राष्ट्रियताका सवालमा एमाले खेलेको भुमिकाले जनतामा आकर्षण बढेको बताउनुभयो । राउतले विगतमा बाटो बिराएर गएकाहरुलाई पनि पार्टी भित्र फर्केर पुन जिम्वेवारी सम्हाल्लन समेत आग्रह गर्नुभयो ।