अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीका मुख्यमन्त्री कार्कीले माग्नुभयो विश्वासको मत

कोशीका मुख्यमन्त्री कार्कीले माग्नुभयो विश्वासको मत


विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले प्रदेसभामा विश्वासको मत माग्नुभएको छ।

संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री नियुक्त भएका कार्कीले सोमबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत माग्नुभएको हो।

मुख्यमन्त्री कार्कीले विश्वासको मत माग्नुहुँदै भन्नुभएको छ, ‘सबै दलका प्रदेशसभा सदस्यलाई आग्रह गर्न चाहन्छु, नेपालको संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री नियुक्त भएको म हिक्मतबहादुर कार्की १६८ को उपधारा ४ बमोजिम कोसी प्रदेशसभाबाट विश्वासको मत लिन प्रदेशसभा नियमावली २०७४, पहिलो संशोधनसहित नियम १२८ बमोजिम विश्वासको मत लिन कोशी प्रदेशसभामा सूचना दर्ता गराएको हुँदा उक्त प्रस्तावको पक्षमा मतदान गरी विश्वासको मत दिन हार्दिक अनुरोध गर्दछु।’