अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेशसभामा कांग्रेस नआउनु गम्भीर विषय हो: इन्द्र आङ्बो

प्रदेशसभामा कांग्रेस नआउनु गम्भीर विषय हो: इन्द्र आङ्बो


विराटनगर-कोशी प्रदेशका नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बाेले मुख्यमन्त्री हिक्मतकुुमार कार्कीलाई विश्वासको मत दिने बताउनु भएको छ।

मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मत माग्ने प्रस्तावमा बोल्दै उहाँले प्रदेशसभामा कांग्रेसको अनुपस्थितिलाई लिएर प्रश्न उठाउनुभयो।

संवैधानिक परीक्षणमा गएको विषयले विश्वासको मत लिने प्रक्रियालाई प्रभाव नपार्ने बताउँदै कांग्रेसले बैठकमा अनुपस्थित हुनु गम्भीर विषय रहेकाे उहाँले बताउनुभयो।

लोकतन्त्र मान्ने दलले संसद बैठकमा अनुपस्थित हुनु सामान्य नरहेकाे उहाँको भनाइ थियो। कांग्रेसकाे कारण बाेलचाल नै बन्द हुने अवस्थामा रहेकाे कम्युनिस्ट पार्टीहरू एक ठाउँमा उभिएको उहाँले बताउनुभयो।