अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाथिभरा केवलकार निर्माणका लागि करिब ४ हजार रुख काटियो

पाथिभरा केवलकार निर्माणका लागि करिब ४ हजार रुख काटियो


ताप्लेजुङ- निर्माणका लागि कतिपयले अवरोध गरे पनि पाथिभरामा केवलकार निर्माण हुने सुनिश्चित भएको छ । लामो समय अवरोध झेलेको पाथिभरा केवलकार निर्माण प्रा.लि.ले आज विहान देखि सो क्षेत्रमा रुख कटानलाई तिव्रता दिएको छ ।
प्रालिले दिएको जानकारी अनुसार आज विहान करिब ३ बजेबाटै १७ वटा ब्राजिल मेसिनको प्रयोग गरेर कटान सुरु गरिएको हो । करिब ७० जनाको समुह यस कामका लागि खटिएको प्रालिले जनाएको निर्माण व्यावशायी इन्द्र केदेमले जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालयले यस अघिनै छपानको काम गरेको थियो । केवलकारका लागि निर्माण गरिने टावरको बीचबाट दाँया साढे सात र बाँया साढे ७ गरी १५ मिटर क्षेत्रको रुख कटानका लागि अनुमती दिइएको छ । सरकारले दिएको कटानको पहिलो अनुमती सकिएपछि गत फागुन महिनामा सकिएपछि एक महिनाअघि पुन एक वर्ष भित्र कटान गरिसक्ने गरी दोश्रो पटक अनुमती दिइएको थियो । डिभिजन वन कार्यालयका अनुसार केवलकार निर्माण गरिने क्षेत्रमा ठुला सानागरी करिव ४ हजार रुखमा छपान (काट्नका लागि टाँचा) हानिएको थियो ।
काफ्लेपाटी देखि मन्दीर नजीकसम्मको रुख हटाउनु पर्छ । तर काफ्लेपाटी देखि माथील्लो फेदीसम्म भनें खासै रुख नरहेको उपभोत्ताले वताएका छन । यो क्षेत्रमा पहरोको भाग रहेको छ । केवलकार जनताको विकासको आधारस्तम्भ भएकाले आफुहरु रुख कटानमा खटिएको ब्राजील मेसिन लिएर कटान गरिरहेकी मिना गुरुङले वताउनुभयो । केवलकार निर्माणमा विरोध जनाउदै आएकाहरुले यस अघि रुख कटान गर्न दिएका थिएनन । काफ्लेपाटीमा राख्ने तयारी भएको सशस्त्र प्रहरीको वेस क्याम्प निर्माणमा समेत अवरोध रहेको थियो ।