विराटनगर-कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यो हप्ताभित्र सरकार विस्तार गर्ने बताउनु भएको छ।
सोमबार प्रदेशसभामा विश्वासको मत लिएपछि उहाँले पत्रकारहरुसँग कुराकानी गर्दै ढिलोमा यो हप्ताभित्र सरकार विस्तार गरिसक्ने बताउनु भयो।
मुख्यमन्त्री कार्कीले ५७ मत प्राप्त गर्नुभएको थियो। प्रदेश सभा बैठकमा उपस्थित ६२ जना सांसदमध्ये ५७ जनाले उहाँलाई समर्थन गरेका थिए।
नेकपा एमालेका ४०, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एकीकृत समाजवादी) का ३, जसपाका १ सांसदले समर्थन गरेका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ जना सांसद तटस्थ थिए।







प्रतिक्रिया