अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपा नेपालका दुई मन्त्रीलाई सपथ, एक जना प्रतिक्षा सुचीमा

जसपा नेपालका दुई मन्त्रीलाई सपथ, एक जना प्रतिक्षा सुचीमा


काठमाडौं- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट मन्त्री बनेका प्रदीप यादव र राज्यमन्त्री हसिना खानले सपथ लिनु भएको छ ।
सोमबार शीतल निवासमा आयोजित समारोहमा मन्त्री यादवलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराउनु भयो ।
यस्तै, राज्यमन्त्री खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सपथ गराउनुभएको छ ।
उपेन्द्र यादव बाहिरिएपछि अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट एकजना मन्त्री र एक राज्यमन्त्री थपिएका हुन्।

पार्टीले सिफारिस गरेका तीन जना मध्ये रन्जु ठाकुरलाई कुनै मन्त्रालय दिने भन्ने टुंगो नलागेपछि प्रतिक्षा सुचीमा राखिएको बालुवाटार स्रोतले जनाएको छ ।