अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार छाड्‌ने निर्णय गरेका छैनौँ: झलनाथ खनाल

सरकार छाड्‌ने निर्णय गरेका छैनौँ: झलनाथ खनाल


काठमाडौँ-नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीले सरकार छोड्ने निर्णय नगरेको बताउनु भएको छ।

पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजहरुको छलफलका लागि सोमवार आयोजित पार्टीको पोलिटब्यूरो बैठकपछि सञ्चारकर्मीसँग उनले सो कुरा बताउनु भएको हो।

सम्मानित नेता खनालले पार्टीको राजनीतिक प्रतिवेदनमा पनि सरकार छाड्ने‌ कुरा उल्लेख नभएको स्पष्ट पार्नुभयो। उहाँले पार्टीको राष्ट्रिय महाधिवेशनमा पेश हुने राजनीतिक प्रतिवेदनमाथि भोलिबाट सुरु हुने पार्टी केन्द्रीय कमिटी बैठकमा थप छलफल हुने पनि बताउनु भयो।