अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृहमन्त्री लामिछानेले संसद् बैठकमा बोल्न पाउनुपर्छ: सन्तोष परियार

गृहमन्त्री लामिछानेले संसद् बैठकमा बोल्न पाउनुपर्छ: सन्तोष परियार


काठमाडौं-सभामुख देवराज घिमिरिले बोलाउनु भएको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद् बैठकमा बोल्न पाउनुपर्ने माग राख्नुभएको छ।

बैठकमा सहभागी हुनुभएका रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले गृहमन्त्री लामिछानेले संसद् बैठकमा सभामुखले बोल्न दिएको भन्दै मंगलबारको बैठकमा बोल्न पाउनुपर्ने माग राख्नु भयो।

प्रमुख सचेतक परियारले भन्नुभयो, ‘गृहमन्त्रीले बोल्न पाउनुपर्छ। धन्यवाद प्रस्ताव टेबल नभएसम्म नीति तथा कार्यक्रमको कोर्ष पूरा हुँदैन। कांग्रेसले पुनर्विचार गर्नुपर्छ।’

बैठकमा सभामुख घिमिरेले राजनीतिक दलहरुबीच सहमति नहुँदा संसदका बिजनेस प्रभावित हुने देखिएको भन्दै संवैधानिक संकट हुने अवस्था नल्याउन दलहरूलाई आग्रह गर्नुभयो।

सभामुखले आजको संयुक्त सदन र प्रतिनिधि सभाको बैठकका कार्यसूचीबारे जानकारी दिनुभयो। उहाँले नीति तथा कार्यक्रममाथिको छलफलको तयारीबारे पनि जानकारी दिनुभयो।