अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले संसदीय दलको बैठक जारी, महासचिव पोखरेल र डा. खतिवडा पनि सहभागी

एमाले संसदीय दलको बैठक जारी, महासचिव पोखरेल र डा. खतिवडा पनि सहभागी


काठमाडौं-सत्तारुढ नेकपा एमालेको संसदीय दलको बैठक जारी छ। संघीय संसद भवनको ल्होत्से हलमा बुधबार दिउँसो सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न बैठक बसेको हो।

बैठकमा कांग्रेसले उठाउँदै आएको संसदीय छानबिन समितिबारे पनि छलफल हुने बताइएको छ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई सम्बोधन गर्दै हुनुहुन्छ। आजको संसदीय दलको बैठकमा एमाले महासचिव शंकर पोखरेल र पूर्व अर्थमन्त्री डा.युवराज खतिवडा पनि सहभागी हुनुहुन्छ। मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले पेश गर्नुभएको थियो। उक्त नीति तथा कार्यक्रममाथि छलफल गरेर जेठ ९ गते पारित गर्ने तयारी छ।