अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अब छानबिन समिति बन्दैन: मनीष झा

अब छानबिन समिति बन्दैन: मनीष झा

कांग्रेस आफ्ना नेताको फाइल खोल्न तयार होस्


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अब संसदीय छानबिन समिति नबन्ने घोषणा गरेको छ।

बिहीबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टी सहप्रवक्ता एवं सांसद मनीष झाले अब समिति नबन्ने बताउनु भएको हो।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणको छानविनको माग गर्दै संसदीय समितिको माग राख्दै कांग्रेसका सांसदहरुले सदनमा नाराबाजी र अवराेध गरेका थिए ।

रास्वपाका सांसद झाले भन्नुभयो, ‘हामीले सहमतिको लागि धेरै प्रयास गर्यौं । तर, अब समिति बन्दैन । त्यो शर्तमा बन्छ हामी २३ महिना मात्रै भयो राजनीतिमा आएको, अहिलेसम्म सरकारमा सहभागी भएको सय दिन पनि कटेको छैन । ३४ वर्षसम्म राजनीति गरेको, छातीमा हात राखेर हामी सबै सांसदहरु भन्न सक्छौं मेरो सभापतिको सबै छानबिन गरोस्, म तयार छौं, उहाँको केही खोट निस्कियो भने हामी राजनीति छाड्न तयार छौं कांग्रेसले त्यो हिम्मत राख्न सक्छ ? मेरो सभापति, सभापतिका श्रीमती र छोराको पनि छानबिन गर भन्न सक्छ ? मेरो चुनौती भयो ।’

उहाँले संसद्मा भएको यो अवस्थाको जिम्मेवार कांग्रेसकै नेताहरू भएको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, ‘यो गाइजात्राको निर्देशन नेपाली कांग्रेसका नेताहरू हुन्।’