अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कांग्रेसबाट सभामुख, प्रधानमन्त्री र एमाले अध्यक्षमाथि दुर्व्यवहार भयो: माधव सापकोटा 

कांग्रेसबाट सभामुख, प्रधानमन्त्री र एमाले अध्यक्षमाथि दुर्व्यवहार भयो: माधव सापकोटा 


काठमाडौं-नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले बिहीबारको प्रतिनिधि सभा बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेसका सिनियर नेताहरुबाटै असंसदीय व्यवहार भएको भन्दै माफी माग्नुपर्ने बताउनु भएको छ।

संसद भवनबाहिर पत्रकारहरुसँग कुरा गर्दै सांसद सापकोटाले कांग्रेसका उपसभापति धनराज गुरुङलगायत सिनियर नेताहरुबाटै एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीमाथि दुर्व्यवहार भएको बताउनुभयो।

‘नेपाली कांग्रेसका उपपसभापति धनराज गुरुङ उपसभामुखलाई उठाएर उहाँको आसनमा गएर उभिनुभयो। यो असंसदीय कार्य भयो,’ सापकोटाले भन्नुभयो, ‘लोकतन्त्रमा विश्वार राख्ने पार्टीले गरेको यो कार्य राम्रो भएन।आज असंसदीय गतिविधि र क्रियाकलाप भएकोमा नेपाली कांग्रेसले क्षमा माग्नुपर्दछ। नेपाली जनतालाई निराश बनाउनु हुँदैन।’

बैठक स्थगनपछि सभामुखको बाटो छेकेर दुव्र्यवहार गरिएको भन्दै उहाँले प्रधानमन्त्री प्रचण्डले तपाईंहरु सभ्य हुनुस् भन्दा प्रधानमन्त्रीमाथि पनि दुर्व्यवहार भएको सापकोटाले बताउनु भयो। गृहमन्त्री रवि लामिछानेमाथि आरोप लागेपछि बोल्न पाउनुपर्ने कुरा आफूहरुको रहेको उहाँले बताउनु भयो।