अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले अध्यक्ष ओलीप्रति धनराज गुरुङ आक्रामक

एमाले अध्यक्ष ओलीप्रति धनराज गुरुङ आक्रामक


काठमाडौँ-प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका अध्यक्ष एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीमाथि कांग्रेस सांसद धनराज गुरुङ आक्रामक रूपमा प्रस्तुत हुनु भएको छ।

२०८१ जेठ ३ गते बिहीबार साँझ ६ बजे बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएपछि कांग्रेसका सांसदहरुले नाराबाजी र अवराेध गरेका थिए । सो क्रममा एमाले अध्यक्ष ओलीमाथि कांग्रेस उपसभापति गुरुङले अभद्र व्यवहार गर्नुभएको थियो। उहाँले अध्यक्ष ओलीमाथि जाइलाग्नु भएको थियो।

संसदमा तनावको अवस्था आएपछि सभामुख देवराज घिमिरेले भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराउनु भयो ।