अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

अध्यक्ष ओलीमाथि आक्रमणको प्रयास भयो: रघुजी पन्त

अध्यक्ष ओलीमाथि आक्रमणको प्रयास भयो: रघुजी पन्त


काठमाडौँ-नेकपा एमालेका सांसद रघुजी पन्तले आफ्ना पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीमाथि आक्रमणको प्रयास भएको बताउनु भएको छ।

प्रमुख प्रतिपक्षी दलका सांसदहरूले आफ्ना पार्टीका अध्यक्ष ओलीमाथि आक्रमण प्रयास गरेको उहाँले आरोप लगाउनु भयो।

कांग्रेसले असंसदीय व्यवहार देखाएको उहाँको आरोप छ। ‘यस्तो अवरोध पहिले पनि हुन्थ्यो । हामीले गर्दा प्रतिपक्षीका नेतामाथि दुर्व्यवहार गरेका थिएनौँ । पूर्वप्रधानमन्त्रीले बोल्न पाउनुपर्छ भन्दा झम्टिन जाने हो ? आक्रमण गर्न जाने हो ? यो असंसदीय घटना हो।’

सांसद पन्तले विपक्षी दल नेपाली कांग्रेसले संंसदमा अराजनीतिक गतिविधि गरेको बताउनु भयो।