अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबीच सिंहदरबारमा वार्ता जारी

प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबीच सिंहदरबारमा वार्ता जारी


काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेबीच सिंहदरबारमा अहिले वार्ता चलिरहेको छ। 

सिंहदरबारमा जारी भेटमा पछिल्लो राजनीतिक घटनाक्रम, संसदको हिजोको असामान्य परिस्थिति, कांग्रेसद्वारा निरन्तर जारी सदन अवरोध र सत्ता गठबन्धनको अबको रणनीति तयारीबारे छलफल भइरहेको बताइएको छ।

हिजो स्थगित भएको प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। सभामुख देवराज घिमिरेले आज बिहान ११ बजेका लागि बैठक बोलाएका छन्। तर, संसद् बैठक सुरु भएको छैन। 

संसद बैठकअघि आआफ्नो रणनीति तय गर्न सत्तारुढ प्रतिपक्षी दलले आन्तरिक छलफल गरिरहेका छन्।