अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृहमन्त्री रवि लामिछानेले बोल्न पाउनुपर्छ: ज्ञानेन्द्र शाही

गृहमन्त्री रवि लामिछानेले बोल्न पाउनुपर्छ: ज्ञानेन्द्र शाही


काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवक्ता ज्ञानेन्द्र शाहीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिनुपर्ने बताउनु भएको छ।

संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता शाहीले आफूहरू गृहमन्त्रीले संसदमा बोल्न पाउनुपर्ने पक्षमा रहेको बताउनु भयो।

उहाँले आफूहरू गृहमन्त्रीले राजीनामा दिनुपर्ने पक्षमा नरहेको पनि स्पष्ट पार्नुभयो। ‘गृहमन्त्रीले बोल्न पाउनुपर्छ’, उहाँले भन्नुभयो, ‘संसदीय छानबिन समिति बनाउन सत्ता पक्ष पनि तयार हुनुपर्छ।’

प्रतिपक्षी दलहरूको बैठकमा पनि आफूहरूले यही कुरा राखेको र कांग्रेस यस विषयमा छलफलमै रहेको बताउनु भयो।