अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आइतबार बस्ने प्रतिनिधिसभा बैठक सौहार्द हुन्छ: सभामुख देवराज घिमिरे

आइतबार बस्ने प्रतिनिधिसभा बैठक सौहार्द हुन्छ: सभामुख देवराज घिमिरे


काठमाडौं-सभामुख देवराज घिमिरेले आगामी आइतबार बस्ने संसद् बैठक सौहार्दपूर्ण वातावरणमा सञ्चालन हुने विश्वास व्यक्त गर्नुभएको छ। शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजे पनि बस्न नसकेपछि आइतबारसम्मका लागि स्थगित गरिएको छ। 

आइतबार बिहान ११ बजे बस्ने सो बैठक सौहार्दपूर्ण वातावरणमा सञ्चालन हुने विश्वास सभामुखले लिएको उहाँको सचिवालयले जनाएको छ। 

साथै, शुक्रबारको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रतिपक्षी दलका नेताहरूसँगको संवादपछि स्थगित भएको जनाइएको छ।