विराटनगर-काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार विस्तार गर्दै हुनुहुन्छ। मुख्यमन्त्री कार्कीले १० सदस्यीय मन्त्रीमण्डल बनाउने एक स्रोतले जनाएको छ। जसमा एमालेबाट मुख्यमन्त्रीसहित ६ र माओवादीबाट ४ जना मन्त्री मन्त्रिपरिषद सहभागी हुने भएका हुन् ।
स्रोतले दिएको जानकारी अनुसार एमालेबाट मुख्यमन्त्री कार्कीसहित मन्त्रीहरूमा इलामका रामबहादुर मगर, झापाका एकराज कार्की, खोटाङका पाँचकर्ण राई र मोरङका लिलाबल्लभ अधिकारी मन्त्री हुनेछन् । उहाँहरूमध्ये मगर यसअघि वैशाख २७ गते नै मन्त्री नियुक्त भइसकेका छन् भने कार्की, राई र अधिकारीसहित राज्यमन्त्रीमा भोजपुरकी सिर्जना राईलाई शुक्रबार नियुक्ति पछि शपथ गराउने तयारी भएको छ।
यस्तै माओवादी केन्द्रबाट यसअघि मन्त्रीमा मोरङका गणेशप्रसाद उप्रेती मन्त्री नियुक्त भइसकेका छन् भने माओवादीबाट थप उदयपुरका नारायण बुर्जा मगर र संखुवासभाका राजेन्द्रकुमार कार्की मन्त्री तथा झापाकी बन्दना झाँगड राज्यमन्त्री बन्ने निश्चित भएको स्रोतको भनाइ छ।







प्रतिक्रिया