विराटनगर-कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। शुक्रबार नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख प्रशुराम खापुङले पद तथा गोपनीयताको शपथ खुवाउनु भएको हो।

आर्थिक मामिला तथा योजना मन्त्रालयमा रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्रालय गणेश उप्रेती, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा लिलाबल्लभ अधिकारी, स्वास्थ्य मन्त्रालयमा राजेन्द्र कार्की, खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रालयमा एकराज कार्की, सामाजिक विकास मन्त्रालयमा पाँचकर्ण राई, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नारायण बुर्जा मगरले पद तथा गोपनियताको शपथ लिनु भएको हो।
दुई राज्यमन्त्रीहरु सिर्जना राई र बन्दना झाँगडले पनि पद तथा गोपनीयतको सपथ लिएका हुन्।







प्रतिक्रिया