अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रधानमन्त्रीले विश्वासको मत पाउनुहुन्छ: योगेश भट्टराई

प्रधानमन्त्रीले विश्वासको मत पाउनुहुन्छ: योगेश भट्टराई


काठमाडौं-नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाउने बताउनु भएको छ।

शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद भट्टराईले सत्ता समिकरण सुविधाजनक बहुमतमा भएको बताउनु भएको हो।

प्रधानमन्त्रीले जेठ ७ गते विश्वासको मत लिन प्रतिनिधि सभामा पत्राचार गरेको भन्दै प्रधानमन्त्रीले सुविधानजनक बहुमतका साथ विश्वासको मत पाउने बताउनु भयो। उहाँले भन्नुभयो, ‘जेठ ७ गते विश्वासको मत लिने एजेण्डा छ। अहिलेको राजनीतिक समीकरण, सत्ता समीकरणसँग संसदमा सुविधाजनक बहुमत छ। त्यो सुविधाजनक बहुमत ७ गतेपनि प्रकट हुन्छ। ७ गते पुनः प्रधानमन्त्रीमाथि विश्वासको मत छ भन्नेकुरा संसदले जायर गर्छ।’