अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ताका लागि कांग्रेसले अनेक प्रपञ्च रच्यो: अध्यक्ष ओली

सत्ताका लागि कांग्रेसले अनेक प्रपञ्च रच्यो: अध्यक्ष ओली

एमाले देश बनाउने पार्टी हो


बारानेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई देश र जनतासँग कुनै सरोकार नभएको आफ्नो स्वार्थ पूरा गर्ने खेलमा लागेको आरोप लगाउनु भएको छ।

बाराको प्रसौनी गाउँपालिकाको नवनिर्मित भवनको शुक्रबार उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले नेपाली काँग्रेसले विभिन्न प्रपञ्च रच्दै आएको बताउनु भयो।

अध्यक्ष ओलीले भन्नभयो, ‘काँग्रेसले खोजेको गृहमन्त्री रवि लामिछानेविरुद्ध जान आयोग भन्ने कुरा मात्र हो, उसलाई आयोग चाहिएको होइन्, सरकार चाहिएको हो। सत्ताका लागि काँग्रेसले अनेक प्रपञ्च रच्दैछ। सरकारकै लागि काँग्रेसले अनेक तामासा गर्न लागेको छ।’

सांसदबाट देशका समस्या समाधान गर्न खोज्दा काँग्रेसले अवरोध गरेको उहाँको भनाइ छ। अध्यक्ष ओलीले भन्नुभयो, ‘काँग्रेसलाई देशसँग मलतब छैन्, जनतासँग सरोकार छैन्, आफ्नो सम्पूर्ण स्वार्थ पुरा गर्ने खेलमा लागेको छ। एमाले देश बनाउने पार्टी हो, हाम्रो अर्को कुनै उद्देश्य छैन्, जनताका समस्या समाधान गर्ने हो, गरिबी हटाएर मुलुक समृद्धितर्फ लैजाने हाम्रो लक्ष्य हो र त्यसलाई सच्याउन सरकार लागि परेको छ।’

लोकतान्त्रिक पार्टी भनिने नेपाली काँग्रेस पार्टीले लोकतन्त्रको मर्यादा पालन नगर्ने, मुल मर्म नबुझने, अरुलाई औला तेर्साउने जस्ता गलत कार्य गर्दै आएको उहाँको आरोप छ।

बिहीबार संसद् बैठकमा कांग्रेसका सांसदहरू आफू बसेकै ठाउँमा हुल बाँधेर आएको र हातपात नै गरौँलाजस्तो व्यवहार गरेको बताउनु भयो।