अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रकृतिको संरक्षण भएमात्र मानव सुरक्षित अध्यक्ष बस्नेत

प्रकृतिको संरक्षण भएमात्र मानव सुरक्षित अध्यक्ष बस्नेत



रौतहट- प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रकृतिको संरक्षण भए मात्र मानव जीवन सुरक्षित हुने धारणा राख्नु भएको छ ।
‘जन्मदिनलाई सत्कर्ममा जोडौँ’अभियान , अन्तर्गत शनिवार भएको वृक्षरोपण कार्यक्रममा अध्यक्ष बस्नेतले सो धारणा राख्नु भएको हो ।
चन्द्रपुर नगरपालिका वडा नं।९ चेतनगर , मरधर ,सिन्धुरेघारीमा वृक्षारोपण कार्यक्रम गरिएको हो ।
विरूवा रोप्ने अभियान सुरु गर्दै अध्यक्ष बस्नेतले जलवायु परिवर्तनको असरले नेपालमा ठूलो असर परेकोले त्यसको न्यूनीकरणका लागि सञ्चारमाध्यमको प्रभावकारी भूमिका हुने बताउनुभयो ।
कार्यक्रममा सहभागी भएर आफुले बिरुवा रोप्ने अवसर पाएको र अभियानमा जुट्न पाएकोमा खुशी ब्यक्त गर्दै अभियानको पुर्ण सफलताको कामना समेत गरेका छन ।
समाजमा रहेका प्रत्येक नागरीकहरुले आ–आफ्नो जन्मदिनमा एक,एक बिरुवा रोपेर सकारात्मक सन्देश फैलाउनुपर्ने नेपाल पत्रकार महासघका केन्द्रीय सचिव गोबिन्द चौलागार्इले बताउनुभएको छ ।
तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा आयोजित कार्यक्रममा ‘जन्मदिनलाई सत्कर्मसँग जोडौँ’ अभियान , आ–आफ्नो जन्मदिन मा बिरुवा रोप्न आग्रह गरिएको छ ।
कार्यक्रममा रुद्राक्ष, पिपल, चन्दन,साल,खयर,बाँस लगायतका विभिन्न प्रजातीका बिरुवा रोपिएको छ ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्द चौलागार्र्इ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा, जन्मदिनलाई सतकर्ममा जोडौं अभियानका रौतहट संयोजक श्याम श्रेष्ठ, अग्रज पत्रकार मुकुन्द दाहालले बृक्षरोपणको महत्व माथी आ आफ्ना धारणा राखेका छन ।
आयोजक संस्थाका अध्यक्ष चौलागाईले अभियानलाई देशका ७७ ओटै जिल्ला को ७ सय ५३ ओटै स्थानिय तहमा अभियान पुर्याउन आवश्यक रहेको धारणा राखे ।
अभियानलाई देश बिदेश का नागरीकले सिको गर्न सक्ने भएकाले अभियानमा जोडिन आयोजक संस्थाका अध्यक्ष चौलागाई ले आग्रह गरेका छन ।