अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमाले भक्तपुरको अध्यक्षमा बचन देउजा निर्वाचित

नेकपा एमाले भक्तपुरको अध्यक्षमा बचन देउजा निर्वाचित


काठमाडौं- नेकपा एमाले भक्तपुरको नवौं जिल्ला अधिवेशनबाट बचन देउजा अध्यक्षमा निर्वाचित हुनु भएको छ । मोहनवीर श्रेष्ठलाई पराजित गर्दै देउजा अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित हुनु भएको हो । यसैगरी उपाध्यक्षमा बासुदेव थापालाई पराजित गर्दै किरण थापा निर्वाचित हुनु भएको छ ।

सचिवमा विष्णु तामाङ निर्वाचित हुनुभएको छ । उहाँले शम्भु दाहाललाई पराजित गर्नुभएको हो । यस्तै उपसचिवमा उत्तरा नेपाल र सानुकाजी कायस्थ निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । गएराती तीन बजे मतगणना सकिएपछि परिणाम घोषणा गरिएको हो ।