अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सहकारी छानविन समितीको क्षेत्राधिकार टुंग्याउन कार्यदलको बैठक बस्दै

सहकारी छानविन समितीको क्षेत्राधिकार टुंग्याउन कार्यदलको बैठक बस्दै


काठमाडौं- सहकारी प्रकरणका लागि गठन गरिने संसदीय छानबिन समितिको कार्यादेश टीओआर बनाउने विषयमा दलहरूले आज आइतबार छलफल गर्ने भएका छन्।
सत्तारुढ नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार अहिले बिहान ८ बजे कानुन मन्त्रालयमा टीओआर कार्यदलको पहिलो बैठक बस्ने भएको हो। ‘टीओआरमा आजदेखि गृहकार्य थाल्न लागिएको हो’, उहाँले भन्नुभयो।
लामो रस्साकसीपछि सत्तापक्ष र प्रतिपक्ष दलहरूबीच शनिबार संसदीय छानबिन समिति गठन गर्ने सहमति भएको हो।

समितिको प्रतिवेदनमा उल्लेख हुने कार्यादेश टीओआर बारे दलहरू आज बिहानैदेखि गृहकार्यमा जुट्न लागेका हुन्। टीओआर बनाउने कार्यदलको नेतृत्व कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले गर्नुहुनेछ भने यसमा रास्वपाका तर्फबाट सांसद शिशिर खनाल, नेपाली कांग्रेसका तर्फबाट सांसद जीवन परियार र नेकपा एमालेका तर्फबाट महेश बर्तौला सदस्य छन्।

संसदीय छानबिन समिति बनाउने सहमति जुटेसँगै आजदेखि संसद्‌मा कांग्रेसले अवरोध नगर्ने भएको छ।

आज पनि बिहान ११ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ।