अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन्छौँ: माधव नेपाल

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन्छौँ: माधव नेपाल


काठमाडौँ-नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने बताउनु भएको छ । उहाँले यस विषयमा कसैलाई पनि आशङ्का नगर्न आग्रह गर्नुभएको छ।

आइतबार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले साे कुरा बताउनु भएको हो। उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूले विश्वासको मत लिने कुरा भएको छ। हामी पनि सरकारमा सहभागी छौँ । हामीले विश्वासको मत नदिने प्रश्नै उठ्दैन। कसैले शङ्का–उपशङ्का नगरे हुन्छ, हामी मत दिनेछौँ ।’

उहाँले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीको तर्फबाट मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरिसकेको पनि स्मरण गराउनु भयो । त्यस्तै पूर्वको कोशी प्रदेशमा पनि आफूहरूले विश्वासको मत दिएको उहाँले बताउनु भयो । ‘माग्न आए पनि, नआए पनि । भने पनि नभने पनि हामीले विश्वासको मत सहज रूपमा दिएका छौँ । किनभने हामी जिम्मेवार राजनीतिक शक्ति हौँ,’ अध्यक्ष नेपालले भन्नभयो।