काठमाडौं-प्रतिनिधिसभा बैठक फेरि सारिएको छ। बिहान ११ बजेको बैठक २ बजेलाई सारिएकोमा विशेष कारण देखाउँदै पुन: साढे ४ बजेलाई सारिएको संसद सचिवालयले जनाएको छ।
सहकारी प्रकरणमा संसदीय छानबिन बनाउँदा त्यसको कार्यविधिमा गृहमन्त्री रवि लामिछानेको नाम राख्ने कि नराख्ने भन्ने बारेमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबिच सहमति जुट्न सकेको छैन।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कार्यदलभित्र टिओआरको अन्तिम किनारा नलाग्दासम्म बैठक शुरु नगर्न सभामुखलाई आग्रह गरेपछि सभामुखले बैठक फेरि सार्नु भएको हो ।
संसद सचिवालयले सूचना प्रकाशन गरेर बैठक अहिले ४:३० बजे बस्ने जनाएको छ।
कानून मन्त्रालयमा बसेको कार्यदलको बैठक बिचमा एकपटक स्थगित भएको थियो । पछि नेपाली काँग्रेसका प्रतिनिधिहरु पुन: सहभागि भएपछि बैठक अहिले पनि जारी छ।
प्रतिक्रिया