अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हुरीले उदयपुरमा करोडौँको क्षति

हुरीले उदयपुरमा करोडौँको क्षति


उदयपुर-उदयपुरमा हावाहुरीसँगै आएको वर्षाका कारण विद्युत अवरुद्ध भएको छ। हावाहुरी करोडौँको क्षति गरेको छ। त्रियुगा नगरपालिकासहितका क्षेत्रमा करोडौँको क्षति गरेको हो।

विद्युत प्राधिकरण गाईघाट शाखाका प्रमुख विजयबाबु खत्रीले जिल्लाको विभिन्न ठाउँमा ३० वटा भन्दा बढी विद्युतिय पोल ढलेको जानकारी दिनुभयो ।

हावाहुरीका कारण विभिन्न स्थानमा सडक छेउमा रुख ढल्दा ६८ वटा विद्युत्का खम्बा भाँचिएका छन्। विद्युत्का खम्बा भाँचिएपछि बेलका नगरपालिका, कटारी नगरपालिकासहित त्रियुगा र चौदण्डीगढी नगरपालिका क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ। त्यसैगरी त्रियुगा नगरपालिका-९ राजाबाससहित गैरुन क्षेत्रमा विद्युत्का खम्बा ढलेर विद्युत् अवरुद्ध भएको विद्युत् प्राधिकरण गाईघाटका प्रमुख विजयबाबु खत्रीले बताउनुभयो। खम्बा भाँचिदा रु एक करोड ५० लाख भन्दा बढीको क्षति भएको अनुमान विद्युत प्राधिकरणको छ। विद्युत् सञ्चालन गर्न तीन दिन लाग्ने प्राधिकरणले जनाएको छ। 

हावाहुरीले चौदण्डीगढी नगरपालिकाको हडिया, सुन्दरपुर र बेलका नगरपालिका आम्बासी, भागलपुर, पुरनदह क्षेत्रमा सयौँ घरको टिनको छानो उडाएको प्रहरीले जनाएको छ। क्षतिको तथ्याङ्क सङ्कलन भइरहेको प्रहरीको भनाइ छ ।