अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृहमन्त्री लामिछाने संसदमा बोल्नुहुँदै

गृहमन्त्री लामिछाने संसदमा बोल्नुहुँदै


काठमाडौं-प्रतिनिधि सभाको बैठक सुरू भएको छ।

सत्ता पक्ष र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच संसदीय छानबिन समितिका क्षेत्राधिकार तोक्न पटकपटक सारिएको बैठक ढिला गरी आइतबार अपराह्न सुरू हो।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने अहिले बाेलिरहनु भएको छ।

सहकारीको बचत अपचलन, ठगी, दुरूपयोग र हिनामिनामा गृहमन्त्रीको संलग्नता रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ। कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभामा अवरोध गर्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो।