काठमाडौं-उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई प्रधानमन्त्रीको अफर कायमै छ कि छैन भनेर कांग्रेस सभापति शेरबहादर देउवा प्रश्नलाई गर्नुभएको छ।
आइतबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै उहाँले कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको दाबी गर्नुभयो।
उहाँले भन्नुभयो,‘अघिल्लो रात प्रधानमन्त्रीको अफर गर्नेले पछिल्लो दिन संसद् अवरोध गर्यो । कांग्रेस सभापतिलाई मेरो आग्रह छ– यहाँ आएर यसबारे प्रस्ट पारिदिनु होला ।’
कांग्रेसले एक जना सांसदलाई बोल्न दिने पार्टीबाट निर्णय गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । ‘किसुनजी र गणेशमानजीको पार्टी यस्तो अलोकतान्त्रिक हुन्छ ? लोकतान्त्रिक दलले अर्को पार्टीको सांसदलाई बोल्न नदिने निर्णय गर्न मिल्छ ?,’ उहाँले भन्नुभयो, ‘यो कुन अभ्यास हो ? किसुनजी र गणेशमानजीको कांग्रेस लोकतन्त्रको यो कस्तो अभ्यास हो ?’







प्रतिक्रिया