काठमाडौं-प्रतिनिधिसभा बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। प्रतिनिधिसभाको आइतबारको बैठकमा उपपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएर बैठक स्थगित भएको हो।
आइतबार प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री लामिछाने बाेलिसक्ने बित्तिकै आज पनि कांग्रेस सांसदहरुले सदन अवराेध गरेका हुन् । सदन अवराेध गरेसँगै प्रतिनिधिसभा बैठक स्थगित भाेलि ७ गतेसम्मका लागि स्थगित गरिएकाे सभामुख देवराज घिमिरेले जानकारी दिनुभयो।
यसअघि रविलाई संसद्मा बोल्नबाट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गर्दै आएको थियो। कांग्रेसले रविको कुरा सुन्ने निर्णय गरेसँगै आइतबारको बैठकमा रविले आफ्नो कुरा राखेका छन्।
प्रतिक्रिया