अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले गौरादह नगरपालिकाको अध्यक्षमा गजेन्द्र घिमिरे निर्वाचित

एमाले गौरादह नगरपालिकाको अध्यक्षमा गजेन्द्र घिमिरे निर्वाचित


झापा- नेकपा एमाले गौरादह नगर कमिटीको अधिवेशनबाट गजेन्द्र घिमिरे अत्याधिक मत सहित विजयी हुनु भएको छ ।
अस्तीबाट सुरु भएको अधिवेशनमा हिजो मत गणना भएको थियो । घिमिरेले ४६१ मत ल्याउँदा उहाँका दुई प्रतिष्पर्धी प्रकाश पराजुलीले ७३ र दुर्गा गौतमले १९६ मत ल्याउनु भएको छ । यस्तै उपाध्यक्षमा टिका घिमिरे निर्विरोध निर्वाचित हुनु भएको छ । सचिवमा अमर अधिकारी ४७८ मत सहित विजयी हुनु भएको छ । उपसचिवमा क्रान्तीदिप काफ्लेले ६५९ मत र ओमप्रसाद निरौलाले ५८५ मत सहित विजयी हुनु भएको निर्वाचन समितीका संयोजक बुद्धिमान कार्कीले जानकारी दिनुभयो ।
अधिवेशनले ७२ सदस्यीय नगर कमिटी चयन गरेको छ ।