अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृहमन्त्रीले पार्टी नेतालाई आक्षेप गरेपछिको अवस्था विष्लेषण गर्न काँग्रेस संसदीय दलको बैठक बस्दै

गृहमन्त्रीले पार्टी नेतालाई आक्षेप गरेपछिको अवस्था विष्लेषण गर्न काँग्रेस संसदीय दलको बैठक बस्दै


काठमाडौं -संसदमा गृहमन्त्री रवि लामिछानेले विभिन्न काण्डमा आफ्ना पार्टीका नेताहरुलाई आक्षेप गरेपछि नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज विहान बस्दैछ ।

संसदीय दल कार्यसमितिको बैठक बिहान साढे ८ बजे संघीय संसद भवनमा र संसदीय दलको बैठक बैठक संघीय संसद भवन नयाँ बानेश्वर, ल्होत्से हलमा ९ बजे बस्दैछ ।आज बस्न लागेको संसद् बैठकमा आफ्नो भूमिकाबारे कांग्रेसले छलफल गर्न लागेको हो । आजै प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने कार्यक्रम छ ।

गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको र त्यसबारे छानबिन हुनुपर्ने कांग्रेसले माग राख्दै संसद अवरुद्ध गर्दै आएको छ ।