अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ता गठबन्धनमा उपेन्द्र आउट,सिके इन, जनमतले प्रधानमन्त्रीलाई विस्वासको मत दिने

सत्ता गठबन्धनमा उपेन्द्र आउट,सिके इन, जनमतले प्रधानमन्त्रीलाई विस्वासको मत दिने


काठमाडौं- उपेन्द्र यादव सरकारबाट बाहिरिएपछि सिके राउत भित्रने भएका छन् । यसै मेसोमा राउतको पार्टी जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विस्वासको मत दिने भएको छ ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिएको जनमत पार्टीकी प्रमुख सचेतक अनितादेवी साहले सञ्चार माध्यमहरुलाई जानकारी दिनुभएको छ ।
गत फागुन २१ गते नेपाली कांग्रेससँगको सहकार्य तोड्दै प्रधानमन्त्री प्रचण्डले एमालेसहितको नयाँ गठबन्धन बनाएपछि जनमत पार्टी प्रतिपक्षमा थियो।

तर सरकारबाट जनता समाजवादी पार्टी, नेपाल बाहिरिएसँगै जनमतले प्रधानमन्त्रीलाई विश्वासको मत दिन लागेको हो। जनमत पार्टीका ६ जना सांसद छन्।