अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको नवौं जिल्ला अधिवेशनबाट बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित

एमालेको नवौं जिल्ला अधिवेशनबाट बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित


बुटवल- एमालेको नवौं जिल्ला अधिवेशनबाट बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित हुनु भएको छ ।

आज बिहान सम्पन्न मत गणनाको नतिजाअनुसार गुरुङले डिल्ली बिसीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
गुरुङले २९१ मत प्राप्त गरेर विजयी हुँदा बिसीले १५४ मत पाए ।

निर्वाचनबाट उपाध्यक्षमा रत्न खत्री विजयी हुनु भएको छ । प्रदेश सरकारका सामाजिक विकासमन्त्री समेत रहेका खत्रीले ३१३ मत पाएका छन् । उहाँका प्रतिस्पर्धी रवीन्द्र लम्सालले १३८ मत पाउनुभयो ।
सचिवमा बलराम भट्टराई १३९ मतका साथ विजयी हुँदा खिलप्रसाद भुसालले १०६, भीम वलीले ९५ र दत्त आचार्यले ८८ मत पाएका छन् ।

उपसचिव महिलामा निर्मला सुनार विजयी भएकी छन् भने अर्का उपसचिवमा किशोर थापा विजयी हुनु भएको छ ।