अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन रास्वपाको ह्विप

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन रास्वपाको ह्विप


काठमाडौं-सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ।

सोमबार बिहान बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप लगाएको हो। 

प्रधानमन्त्री प्रचण्डले सोमबार चौथोपटक विश्वासको मत लिने कार्यसूची छ। त्यसअघि बसेको पार्टी संसदीय दलको बैठकमा अनिवार्य उपस्थित भइ विश्वासको मतको पक्षमा मतदान गर्न ह्विपप जारी गरिएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो ।