काठमाडौं-नेकपा एमालेका उपाध्यक्ष एवं सांसद विष्णु पौडेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार परिवर्तनको खेल असफल भएपछि त्यसको असर संसदमा देखिएको बताउनु भएको छ।
सोमबार प्रधानमन्त्रीको विश्वासको मतमाथिको छलफलका क्रममा उपाध्यक्ष पौडेलले पर्दाभित्रबाट सरकारलाई कमजोर पार्ने र सरकार बदल्ने कोसिस माकुरोको जालो जस्तो च्यातिएको भन्दै त्यसको असर संसदमा देखिएको बताउनु भएको हो।
उहाँले प्रधानमन्त्रीलाई विश्वास गर्ने सांसदको संख्या बढेको दाबी पनि गर्नुभयो। उहाँले कांग्रेसले कस्तो लोकतान्त्रिक अभ्यास गरेको हो भन्ने प्रश्न गर्दै सदनमा बचपना नदेखाउन कांग्रेसलाई सुझाव दिनुभयो।
विश्वासको मत दिएर राजनीतिक स्थायित्व, लोकतन्त्रको पक्षमा उभिन उहाँले आग्रह गर्नुभयो ।
प्रतिक्रिया