अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसले लोकतन्त्रको भद्दा मजाक गर्‍यो: गृहमन्त्री लामिछाने

कांग्रेसले लोकतन्त्रको भद्दा मजाक गर्‍यो: गृहमन्त्री लामिछाने


काठमाडौँ-उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्रीलाई विश्वासको मत लिन अवरोध गरेर नेपाली कांग्रेसले लोकतन्त्रको भद्दा मजाक गरेको आरोप लगाउनु भएको छ।

सोमबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उहाँले यस्तो आरोप लगाउनु भएको हो। प्रधानमन्त्रीलाई कुनै एक दलले दिएको समर्थन फिर्ता लिएपछि संसदमा विश्वासको मत लिने संवैधानिक व्यवस्था रहेको भन्दै गृहमन्त्री लामिछाने संसद्को विधि अनुसार विश्वासको मत लिँदा समेत कांग्रेसले अवरोध गरेको बताउनु भयो।

उहाँले भन्नुभयो,‘प्रधानमन्त्रीले विश्वासको मतका लागि सरकारमा भएको दलले विश्वासको मत छैन भनेपछि विश्वासको मत दिने संवैधानिक व्यवस्थालाई अवरुद्ध गर्नु लोकतन्त्रको भद्दा मजाक हो।’

उहाँले सरकार व्यक्ति केन्द्रित नभई विषय केन्द्रित भएर सहकारीका समस्या समाधान गर्नतिर लाग्ने बताउनु भयो।

गृहमन्त्री लामिछानेले सरकारले सहकारी पीडितहरूको न्यायको लागि द्रुत गतिमा काम गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले आफूले संसदमा बोल्दा प्रतिपक्षका नेताहरूलाई कुनै आरोप लगाउने र धम्काउने काम नगरेको बताउनु भयो।