अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गगन थापालाई गिरफ्तार गरी तत्काल कानूनी कारबाही गरियोस्: डा.भीम रावल

गगन थापालाई गिरफ्तार गरी तत्काल कानूनी कारबाही गरियोस्: डा.भीम रावल


काठमाडौँ-नेकपा एमालेका नेता डा.भीम रावलले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई राज्यको सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरिनुपर्ने बताउनु भएको छ।

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले देशका गोप्य सूचना विदेशीलाई बेचेको आरोप लगाउनु भएको थियो।

गृहमन्त्री लामिछानेको सोही अभिव्यक्तिमा केन्द्रित रहेर नेता रावलले सामाजिक सञ्जाल फेसबुकमार्फत महामन्त्री थापालाई तत्काल कारबाही गर्नु बताउनु भएको छ। उहाँले महामन्त्री थापालाई कारबाही नगर्ने हो भने गृहमन्त्री लामिछाने देशद्रोहीको मतियार ठहरिने समेत बताउनु भएको छ।

नेता रावलले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुहुन्छ, ‘राज्यका सूचना बेच्नु देशद्रोह हो। यसरी सूचना नेपाली कांग्रेसका महामन्त्री, सांसद गगन थापाले बेचेको गम्भीर आरोप गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले लगाएका छन्। यस्तो देशद्रोह गगन थापाले गरेको भनी गृहमन्त्रीले संसद्‌मा नै घोषणा गरेकोले थापालाई गिरफ्तार गरी तत्काल कानुनी कारबाही गरियोस् । यदि गगन थापालाई गिरफ्तार गरी गृहमन्त्रीले कारबाही अघि बढाउँदैनन् भने उनी पनि देशद्रोहीका मतियार ठहरिने छन् र निजलाई प्रम प्रचण्डले तुरुन्त बर्खास्त गरी गिरफ्तार गर्नुपर्छ।’

गृहमन्त्रीले गगन थापाले भ्रष्टाचार गरेको भनी विभिन्न मुद्दाबारे समेत संसद्‌मा प्रस्तुत गर्नुभएको थियो। उहाँले भन्नुभएको छ, ‘गृहमन्त्रीले गगन थापाले भ्रष्टाचार गरेको भनी विभिन्न मुद्दाबारे समेत संसद्‌मा प्रस्तुत गरेका छन् । ती मुद्दामा राज्यका सम्बन्धित निकायबाट तत्काल अनुसन्धान गरियोस्। यस्ता आरोप झुटा ठहरे देशको गृहमन्त्रीजस्तो जिम्मेवार पदमा बसेर अनर्गल कुरा गरेकोमा निजलाई कानुनी कारबाही होस्। राज्य कानुन र मर्यादामा आधारित हुन्छ भन्ने सामान्य कुराको हेक्का नराख्ने हो भने देश र जनताप्रति गद्दारी गरेको ठहर्छ।’