अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसलाई रञ्जिताको प्रश्न: ‘प्रधानमन्त्रीले विश्वासको मत माग्दा नाराबाजी गर्नु अर्थपूर्ण हो ?’

कांग्रेसलाई रञ्जिताको प्रश्न: ‘प्रधानमन्त्रीले विश्वासको मत माग्दा नाराबाजी गर्नु अर्थपूर्ण हो ?’


काठमाडौं-नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई प्रधानमन्त्रीले विश्वासको मत माग्दा वेल घेरेर नाराबाजी गर्नु अर्थपूर्ण हो कि होइन भनेर प्रश्न गर्नुभएको छ।

सोमबार प्रतिनिधि सभा बैठक पछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष श्रेष्ठले प्रधानमन्त्रीले विश्वासको मत लिनु स्वभाविक भएको बताउनु भयो।

संसदभित्र प्रक्रिया मिलेर नै आफूहरुले विश्वासको मत दिएको उहाँले बताउनु भयो। उहाँले नेपाली कांग्रेसले नाराबाजी गर्नु अर्थपूर्ण हो त भनी प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सम्मानित सदनभित्र प्रक्रिया मिलेर नै विश्वासको मत दिइएको छ। विपक्षी दलले अर्थ छैन भनेर भनिरहँदाखेरी र रोष्टममा बसेर प्रधानमन्त्रीले विश्वासको मत मागिरहँदाखेरी उहाँहरू वेल घेरेर नाराबाजी गरिरहने कुरा अर्थपूर्ण हो कि होइन?’

यसपघि पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको नागरिक उन्मुक्ति पार्टीले आफ्नो विश्वासको मतलाई निरन्तरता दिएको छ।