अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कुमारी बैंकको मोबाइल बैकिङ्ग एपबाट दुई लाखसम्म फोनलोन पाइने

कुमारी बैंकको मोबाइल बैकिङ्ग एपबाट दुई लाखसम्म फोनलोन पाइने


काठमाडौं– कुमारी बैंकले क्यूआर कोडबाट कारोबार गर्ने क्युआर मर्चेन्टहरुलाई बिना झन्झट कुमारी मोबाइल बैकिङ्ग एप मार्फत नै दुई लाख रुपैयाँसम्मको कर्जा उपयोग गर्न सक्ने फोन लोन सुविधा सञ्चालनमा ल्याएको छ।

यसबाट विशेष गरि घरेलु, साना तथा मझौला उद्यमीहरुका वित्तिय कारोबारहरु डिजिटल माध्यममा आकर्षित गर्न तथा उद्यमीहरुका सानातिना वित्तिय आवश्यकताहरु परिपुर्ति हुँदा वित्तिय पहुच समेतमा विस्तार हुने अपेक्षा बैंकले लिएको छ।

बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ।