अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसको माग समिति होइन, सरकार हो: महेश बर्तौला

कांग्रेसको माग समिति होइन, सरकार हो: महेश बर्तौला


काठमाडौं-नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको माग संसदीय छानबिन समिति नभई सरकार भएको आरोप लगाउनु भएको छ।

२०८१ जेठ ७ गते सोमबार प्रतिनिधि सभा बैठकपछि प्रमुख सचेतक बर्तौलाले नेपाली कांग्रेसले संसदीय छानबिन समितिको नाम गरेर सरकारको माग गरेको बताउनु भएको हो।

उहाँले गृहमन्त्री रवि लामिछानेको नाममा छानबिन समिति बनाएर राजीनामा माग्ने र सरकार ढाल्ने बदनियत कांग्रेसले राखेको भन्दै त्यो कुरा सम्भव नहुने उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेसको यस प्रकारको दादागिरी, उद्दण्डता, अराजकता, अधिनायकवादी तरिका स्वीकार्य हुन सक्दैन। यदि कांग्रेस संवादको माध्यमबाट अगाडि बढ्न तयार छ भने हामी संवादको सबै वातावरण बनाएर अगाडि जान तयार छौं । कार्यदलको बैठक बस्न सक्छ। कार्यदललाई व्यवस्थित ढंगले लैजान चाहन्छौं । सहकारी पीडितलाई न्यायको प्रक्रियाबाट अगाडि जान चाहन्छौं।’

उहाँले कांग्रेसको माग बदनियतपूर्ण र पूर्वागहप्रेरित रहेको जिकिर गर्नुभयो । उहाँले कोही व्यक्तिको नाममा अनुसन्धान गर्न समिति बनाउन नसकिने स्पष्ट पार्नुभयो।