अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले दाङ जिल्लाको अध्यक्षमा आचार्य निर्वाचित

एमाले दाङ जिल्लाको अध्यक्षमा आचार्य निर्वाचित


दाङ-नेकपा एमाले दाङ जिल्लाको अध्यक्षमा शिवकुमार आचार्य निर्विरोध निर्वाचित हुनुभएको छ। एमाले दाङको १४औं अधिवेशनबाट अध्यक्षमा आचार्य निर्विरोध निर्वाचित हुनुभएको हो।

उपाध्यक्षमा मनोहर बुढाथोकी, सचिवमा श्याम डाँगी, उपसचिवमा भुवनेश्वर पौडेल र सीता चौधरीसहित ११९ सदस्यीय जिल्ला कमिटी निर्विरोध निर्वाचित भएको अध्यक्ष मण्डलका संयोजक नरूलाल चौधरीले जानकारी दिनुभयो।