काठमाडौं-आज (सोमबार) राति पनि देशका सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ/हावाहुरीसहित वर्षा हुने प्रक्षेपण गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार राति दुइटा प्रदेशमा भारी वर्षाको समेत सम्भावना छ।
राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको केही स्थान साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।






प्रतिक्रिया