अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सहरकारी प्रकरणको कार्यदल बैठक सुरु,सहमती हुने सम्भावना न्यून

सहरकारी प्रकरणको कार्यदल बैठक सुरु,सहमती हुने सम्भावना न्यून


काठमाडौं – काँग्रेसले निरन्तर उठाइरहेको सहकारी प्रकरणको छानविनलाई टुंगोमा पुर्याउन कार्यदलको बैठक सुरु भएको छ ।
कानुन मन्त्रालयमा सुरु भएको बैठकले सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन कोशीस गर्नेछ ।
कानूनमन्त्री पदम गिरीको संयोजकत्वमा गठित कार्यदलमा एमालेका महेश बर्तौला, कांग्रेसका ज्ञानेन्द्र कार्की र जीवन परियार र रास्वपाका शिशिर खनाल सहभागी छन् । संयोजक पदम गीरीका अनुसार आजको बैठकबाट संसदीय समितीले के कस्ता अधिकार प्रयोग गर्ने,समय कति राख्ने आदि जस्ता विषयमा टुंग्याउने छ ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको नेतृत्वमा गठित कार्यदलको सोमबारको बैठकमा गृहमन्त्री रवि लामिछानेको नाम नराखी कार्यादेश बनाउने सहमति नजिक पुगेको थियो ।
कांग्रेसले गृहमन्त्री लामिछाने मुछिएको सहकारी प्रकरणको छानबिन गर्न संसदीय समिति गठन गर्न माग गर्दै राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठकमा निरन्तर अवरोध गर्दै आएको थियो ।