अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृहमन्त्री लामिछानेकाे नाम ताेकेर छानबिन समिति बन्दैन: योगेश भट्टराई

गृहमन्त्री लामिछानेकाे नाम ताेकेर छानबिन समिति बन्दैन: योगेश भट्टराई


काठमाडौं-नेकपा एमालेको सचिव योगेश भट्टराईले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकाे नाम ताेकेर छानबिन समिति नबन्ने प्रष्ट पार्नुभएको छ।

प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सचिव भट्टराईले गृहमन्त्रीको नाम तोकेर छानबिन समिति नबन्ने प्रष्ट पार्नुभएको हो।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गरेर कांग्रेस फसेको टिप्पणी गर्नुभयो।

सचिव भट्टराईले भन्नुभयो, ‘यो सहकारीको विषयमा छानविन गर्ने विषयमा एउटा सहमतिमा पुगौं। अहिले सहकारी क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्नुपर्छ। यसअघि पनि बनेका समितिहरुको रिपोर्टहरु पनि हेरौं। अहिले चार/पाँच वटा सहकारीको विषय पनि हेरौं। यो सहकारी र गोर्खा मिडियाबीच भएको आर्थिक कारोबारको बिषय पनि हेरौं । त्यस क्रममा गृहमन्त्रीको कहीँ संलग्नता छ, समितिले सोधपुछ गर्नुपर्ने भए गर्छ, अहिले नै गृहमन्त्रीलाई दोषी नै ठहर गरेर समिति बन्न सक्दैन। कसले दोषी ठहर गर्ने ? उहाँ दोषी ठहर हुनुभएको छैन।’