काठमाडौँ-सरकारले मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ।
सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री प्रचण्डले आफूसँग बैंकमा नगद रु.२५ लाख रुपैयाँ रहेको उल्लेख गर्नुभएको छ। प्रतिनिधि सभा सदस्यको हैसियतमा पाएको २५ लाख रुपैयाँ एभरेस्ट बैंक लिमिटेडमा रहेको प्रचण्डले देखाउनु भएको छ।
यस्तै सीता दाहालको नाममा चितवनको भरतपुर १४ मा १४ कट्ठा जग्गा रहेको, सीताकै नाममा भरतपुर १२ मा १ कट्ठा अंशबाट प्राप्त भएको उहाँले जनाउनु भएको छ। यसबाहेक प्रचण्डसँग अन्य सम्पत्ति नरहेको जनाउनु भएको छ।







प्रतिक्रिया