काठमाडौँ-सरकारले मन्त्रीपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठसँग २ करोड २५ लाख रुपैयाँ नगद र ४३ तोला सुन रहेको छ।
जनकपुर उपमहानगरपालिकामा ४२०० वर्गमिटर जग्गा, साँढे २ तले घर, ललितपुरको भैसेपाटीमा २ रोपनी १३ आना, २ दाम १ पैसा जग्गा र त्यसमा रहेको साढे २ तले घर रहेको छ।
यस्तै श्रीमती जुली कुमारी महतोको नाममा धनुषा क्षिरेश्वरनाथमा ७ रोपनी, ३ आना जग्गा, सिन्धुलीको कमलामाई नगरपालिकामा ४ कट्टा जग्गा, ललितपुर महानगरपालिकामा १ रोपनी ७ आना जग्गा, जनकपुरमा ३ कट्टा जग्गा रहेको छ। यस्तै रघुवीरको नाममा धनुषामा १ बिघा १५ कट्टा जग्गा रहेको छ।
यस्तै जुली महतोको नाममा गुडविल फाइनान्समा ५ लाखको शेयर, महिला लघुवित्त संस्थामा रु १ करोडको शेयर, कर्पोरेट बैंक वीरगञ्जमा २ करोड ५० लाखको शेयर रहेको छ।
यस्तै धनुषाको क्षिरेश्वरनाथ नपामा ३३ बिघा, सबैला नापामा ३९ बिघा १४ धुर जग्गा र मिथिला बिहारी नपामा १० कट्टा जग्गा रहेको छ।







प्रतिक्रिया