काठमाडौं-उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफसँग जम्मा १ लाख नगद सम्पत्ति रहेको विवरण बुझाउनु भएको छ। उहाँलले आफ्नो सम्पत्ति विवरणमा झण्डै ३८ रोपनी पैतृक जग्गा गोरखामा रहेको उल्लेख गर्नुभएको छ। यस्तै राष्ट्रिय वाणिज्य बैंक सिंहदरबारमा १ लाख २२ हजार ९१८ रुपैयाँ बचत रहेको देखाउनु भएको छ।
यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको बा१०च ५७९८ नम्बरको महिन्द्रा गाडी पनि उहाँले सम्पत्ति विवरणमा राख्नुभएको छ। त्यसको मूल्य आफूलाई थाहा नभएको मन्त्री श्रेष्ठले बताउनु भएको छ।







प्रतिक्रिया